कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने « Khabarhub

कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना गर्ने भएको छ।

विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहका चार वटा कार्यक्रममा १० जना विदेशी विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलका अनुसार कृषि सङ्कायमा तीन, वन विज्ञानमा तीन, पशु चिकित्सा विज्ञानमा तीन र मत्स्य विज्ञानमा एक जना विदेशी विद्यार्थी भर्ना गरिनेछ।

विदेशी विद्यार्थी भर्नाका लागि आवश्यक कार्यविधि तयार भइरहेको विश्वविद्यालयले जनाएको छ। पशु चिकित्सा विज्ञानका विदेशी विद्यार्थीबाट १० हजार अमेरिकी डलर शुल्क लिने र अन्य संकायका विद्यार्थीबाट चार हजार अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको उपकुलपति कट्टेलले जानकारी दिनुभयो।

विश्वविद्यालयले सञ्चालन गर्न लागेको नियमित प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनुपर्ने छैन। विदेशी विद्यार्थीको योग्यता, छनोट प्रक्रिया तथा अन्य मापदण्ड कार्यविधिमा समेटिने जनाइएको छ।

विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बन्नका लागि विदेशी विद्यार्थीलाई अध्ययनको अवसर दिनु पनि महत्वपूर्ण मापदण्ड भएकाले यस्तो पहल गरिएको बताए।

यसअघि विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि छोटो अवधिका अनुसन्धान तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि उपाधि प्रदान गर्ने गरी नियमित अध्ययनमा भर्ना भने गरेको थिएन। विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया