विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित « Khabarhub

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत र धारिलो बलिङप्रेरित नेदरल्यान्ड्सले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ११७ औँ म्याचमा नामिबियालाई ५८ रनले पराजित गरेको छ ।

घरेलु मैदान मार्सचल्करवर्टमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५१ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका लागि डि लिडेले ९२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ९७ रनको योगदान दिए । यस्तै, कप्तान स्कट एडवर्ड्सले ४२ तथा ओपनर म्याक्स ओ’डाउडले ३९ रन जोडे । अन्त्यतिर लोगान भ्यान बिकले १४ बलमा २५ रनको आक्रामक इनिङ्स खेलेका थिए । नामिबियाका रुबेन ट्रम्पलम्यानले ३ र जेजे स्मितले २ विकेट लिए ।

२५२ रनको विजय लक्ष्य पछ्याएको नामिबिया ४७.५ ओभरमा १९३ रनमा समेटियो । नामिबियाका लागि लौरेन स्टिनक्याम्पले ८७ बलमा ६८ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान गेरहार्ड एर्रास्मसले २७ र मुलान क्रुगरले ३६ रन जोडे ।

नामिबियालाई सस्तैमा रोक्न नेदरल्यान्ड्सका आर्यन दत्त र लोगान भ्यान बिकले घातक बलिङ गरे । दुवैले समान ४-४ विकेट लिएपछि नामिबियाको ब्याटिङ लाइनअप ध्वस्त भएको थियो । उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका बास डि लिडे ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

नेपालसमेत सहभागी शृङ्खलामा यो नेदरल्यान्ड्सको दोस्रो जित हो । घरेलु मैदानमा भएको शृङ्खलाको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो । यो जितसँगै नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा बलियो बनाएको छ । समान खेल खेलेको नेपाल र नामिबिया समान २४ अंकसहित पाँचौ र छैटौं स्थानमा छन्।

लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेल सोमबार नामिबिया र चौथो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सिधै विश्वकपमा छनोट हुन नेपालले आगामी सबै खेल जित्नुपर्ने हुन्छ । यो शृङ्खलाका दुई खेलमा पराजित भएको नेपाल दबाबमा छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ३६ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै