झिलिमिली बन्दै जनकपुरधाम « Khabarhub

झिलिमिली बन्दै जनकपुरधाम


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर क्षेत्रका सडक अहिले झिलिमिली उज्यालो भएका छन् । 

जनकपुरधाम उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत मुख्य सडक तथा गल्लीका  खम्बामा हाइमास्ट र सेन्सरयुक्त सडकबत्ती जडान गरेपछि नगर क्षेत्र उज्यालो बनेको हो ।

जनकपुरधाम–४ का रोशन कर्णले केही महिनाअघिसम्म साँझ भएपछि सडकमा हिँडडुल गर्न समस्या हुने गरेको बताए । अहिले भने रातिको समयमा पनि सडक उज्यालो हुने भएकाले आफूहरू सुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।

सोही वडाका सहदेव साहका अनुसार पहिले अधिकांश खम्बामा बत्ती थिएनन्, भएका बत्ती पनि धेरैजसो नबल्ने अवस्थामा थिए । अहिले सडक उज्यालो भएपछि जुनसुकै समयमा निर्धक्क भएर आवतजावत गर्न सकिने भएको उनले बताए ।

साहले विगतमा अँध्यारोका कारण चोरी, लुटपाटजस्ता घटना हुने गरे पनि अहिले त्यस्ता घटनामा कमी आएको दाबी गरे । 

उनका अनुसार सडकबत्ती जडान भएपछि नगर क्षेत्रको सौन्दर्यसमेत बढेको छ । स्थानीयका अनुसार उपमहानगरपालिकाले विभिन्न विकास योजना कार्यान्वयन गरेसँगै जनकपुरधामको स्वरूप परिवर्तन हुँदै गएको छ ।

उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत नगरका सडक र गल्लीमा सडकबत्ती जडानलाई तीव्रता दिएको जनाएको छ ।

नगर प्रमुख मनोज साहले रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म तथा परिक्रमा मार्गमा ‘हाइमास्ट’ र सेन्सरयुक्त बत्ती जडान गरिएको बताए । बाँकी क्षेत्रमा पनि जडानको काम जारी रहेको उनले जानकारी दिए ।

विगतमा फोहर र अव्यवस्थित सहरका रूपमा चिनिने जनकपुरधाम पछिल्लो समय पूर्वाधार विकास र सरसफाइका कार्यक्रमसँगै आकर्षक बन्दै गएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ४ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया