‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’ « Khabarhub

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनैतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिएर पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

श्रावण सोमबारको धार्मिक अनुष्ठानमा सहभागी हुन जाने क्रममा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति गहिरो दुःख व्यक्त गर्दै हमालले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

हमालले निहत्था नागरिकमाथि घातक बल प्रयोग गरिनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन हुनुपर्ने बताएका छन्।

उनले भीड नियन्त्रणका क्रममा सुरक्षा निकायले स्थापित प्रक्रिया, संयमता र गैरघातक उपायहरू अपनाइसकेपछि मात्र अन्तिम विकल्पका रूपमा आग्नेयास्त्र प्रयोग गर्नुपर्ने सिद्धान्त रहेको पनि बताएका छन्।

उनले यो घटना सार्वजनिक उत्तरदायित्वको गम्भीर असफलता भएको उल्लेख गर्दै सुरक्षा निकायका गतिविधिप्रति गृहमन्त्री गुरुङले नैतिक र राजनैतिक दुवै जिम्मेवारी स्वीकार गरी पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्।

हमालले सरकारले घटनाको पारदर्शी छानबिन सुनिश्चित गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्। प्रत्येक नागरिकको अधिकार र मर्यादाको संरक्षण गर्न सरकार प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  २ : ४३ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक