शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल « Khabarhub

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण–सिकाइलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको आइतबार निरीक्षण तथा प्राध्यापकहरूसँगको छलफलमा मन्त्री पोखरेलले उच्च शिक्षालाई प्रतिस्पर्धी, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन क्याम्पसहरूले शिक्षण प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखे।

पुरानो क्याम्पस भएकाले विभिन्न चुनौती हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले समयअनुसार पठनपाठनको गुणस्तर अभिवृद्धि गर्न र परीक्षाका क्रममा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्न क्याम्पस प्रशासनलाई निर्देशन दिए।

क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागि आवश्यक विवरण मन्त्रालयमा तत्काल पेश गर्न आग्रह गर्दै मन्त्री पोखरेलले मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले क्याम्पसको बिलिङ प्रणाली अनलाइनमार्फत सञ्चालन गर्न, सरसफाइ व्यवस्थापन प्रभावकारी बनाउन तथा पुस्तकालयमा देखिएका समस्या शीघ्र समाधान गर्न पनि निर्देशन दिए।

क्याम्पस प्रमुख प्रा। डा। वसन्तकुमार कर्णले क्याम्पसको वर्तमान अवस्था, भइरहेका सुधारका प्रयास तथा भावी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीहरूसँग पनि अन्तरक्रिया गरेका थिए। विद्यार्थीहरूले खानेपानी, शौचालय, सरसफाइ तथा पुस्तकालय व्यवस्थापनमा सुधार आवश्यक रहेको गुनासो गरेका थिए। मन्त्रीले ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका थिए।

यसअघि मन्त्री पोखरेलले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री वितरण गरेका थिए।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : ०१ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा