फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य « Khabarhub

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

विभागले एक सूचना जारी गर्दै औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले यो व्यवस्था गरिएको बताएको छ । यसअघि संशोधित नागरिक वडापत्रमार्फत लागू गरिएका व्यवस्थाको निरन्तरतास्वरूप पुनः सूचना जारी गरेको विभागले जनाएको छ ।

सूचनामा नयाँ फार्मेसी दर्ता गर्न वा दर्ता प्रमाणपत्र नवीकरणका लागि निवेदन पेश गर्दा नियमअनुसारका अन्य कागजातसँगै सम्बन्धित स्थानीय तहको सिफारिस पत्र पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

विभागले सम्बन्धित व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणलाई जानकारी गराउँदै आवश्यक कागजात पूरा गरी नियमानुसार प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : २३ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी