जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट « Khabarhub

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो टेस्टमा क्रिकेट इतिहासकै अभूतपूर्व कीर्तिमान रचेका छन्।

टेस्ट क्रिकेटको इतिहासमा लगातार ५ ओभरमा ५ वटा ‘विकेट मेडन’ फ्याँक्दै ५ विकेट लिने उनी विश्वकै पहिलो बलर बनेका हुन्।

यसअघि यो कीर्तिमान इङ्गल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडको नाममा थियो। ब्रोडले सन् २०१६ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध लगातार ४ ओभर विकेट मेडन फालेका थिए।

त्रिनिडाडस्थित ब्राजिलियन लारा क्रिकेट एकेडेमी मैदानमा जारी खेलको तेस्रो दिन ग्रिभ्सले यो सनसनीपूर्ण बलिङ स्पेल पूरा गरेका हुन्।

उनले ११ ओभरमा ६ मेडन ओभर फाल्दै २७ रन दिएर ५ विकेट लिए। यस प्रदर्शनसँगै ग्रिभ्सले आफ्नो टेस्ट करियरको एकै इनिङ्समा ५ विकेट पनि पूरा गरेका छन्। एक समय २४४/३ को बलियो स्थितिमा रहेको पाकिस्तान ग्रिभ्सको घातक बलिङसामु २८२ रनमै समेटिन पुग्यो।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : ३० बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम