चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर) « Khabarhub

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् ।

संघको आह्वानमा सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कारबाही र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने माग राख्दै संघले आन्दोलन गरेको जनाएको छ

।सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही प्रभावित भएका छन् । काठमाडौँका नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा रहे पनि अन्य सेवा बन्द हुँदा सेवाग्राहीको भीड बढेको छ । धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन् भने कतिपयले आकस्मिक कक्षमार्फत सेवा लिन खोज्दा चाप बढेको छ ।

चिकित्सक संघले आफ्ना माग सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी दिएको छ । उता, सरकारले घटनाको छानबिन र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ११ : २६ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक