कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए « Khabarhub

कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको आरोप लगाएको छ ।  

काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टीले सरकारले समग्र अर्थतन्त्रमा देखिएको निराशाबाट आशा र विश्वास जगाउने तर्फ ध्यान दिनुपर्नेमा सस्तो प्रचारमुखी कार्यमा बढी केन्द्रित भएको जनाएको हो ।

सरकारका जनहितकारी नीति र सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्ने र जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी, भ्रष्टाचार संरक्षण वा राज्य सञ्चालनमा देखिएका गैर जिम्मेवार प्रवृत्तिको लोकतान्त्रिक ढङ्गले सशक्त विरोध गरिने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।

साथै केन्द्रीय समिति बैठकले पछिल्लो समय राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति चिन्ता गर्दै संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै व्यक्ति, पद वा शक्ति हुन नसक्ने स्पष्ट पारेको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रक्रियाभन्दा व्यक्ति केन्द्रित निर्णय शैली प्रभावशाली बन्दै गएको जनअनुभूति बढिरहेको भन्दै यस्ता प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने जोखिम उत्पन्न भएको बताए । 

उनले बाहिरबाट नियुक्त स्वकीय तथा सल्लाहकारहरूले मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई हस्तक्षेप गर्दा स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश भएको उल्लेख गरे । 

बैठकले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका लागि ’हरित क्रान्ति, समृद्ध नेपाल’ को राष्ट्रिय मार्ग केन्द्रीय कमिटीबाट पारित गरिएको घिसिङले बताए। 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ०० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले