सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग « Khabarhub

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेन-जी अभियन्ता मिराज ढुंगाना, डा. जगत विक, सौरभ भण्डारीले सरकारसँग ५ बुँदे माग राखेका हुन् ।

घटनाको निष्पक्ष न्यायिक छानबिन, दोषीलाई कानुनबमोजिम कारबाही, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चितता, संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रको समन्वय र सुदृढ पूर्वतयारी तथा स्थानीय तह, प्रशासन र समुदायबीच नियमित संवादको संयन्त्र स्थापना गर्न उनीहरूको माग छ ।

गोली हानेर बल प्रयोग गरिएको विषयमा पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । भविष्यमा यस्ता घटना दोहोरिन नदिने स्पष्ट कार्य योजना ल्याउन पनि उनीहरूले सरकारलाई सुझाव दिएका छन् । 

यस्तो घटनामा कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु सामाजिक सद्भावका लागि हानिकारक हुने उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ कि नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। कुनै पनि घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति दोषारोपण गर्नु उचित होइन । अपराध गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कारबाही हुनुपर्छ, तर कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु सामाजिक सद्भावका लागि हानिकारक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ५५ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले