लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु « Khabarhub

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन् । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए ।

आज आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले दुर्घटनामा परी ४२४ पुरुष, ११० महिला र ५१ बालबालिकाको ज्यान गएको जानकारी दिए । 

दुर्घटनामा परी एक हजार ७९९ जना गम्भीर घाइते भएका छन् भने छ हजार २५९ जना सामान्य घाइते भएका छन् ।

तीव्र गति, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनु दुर्घटनाको मुख्य कारण रहेको प्रहरी उपरीक्षक थापाले बताए । 

दुर्घटनामा संलग्न कूल छ हजार ८२२ सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन् । 

तथ्याङ्कअनुसार चार हजार २८६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् ।

यस्तै ६६६ जिप तथा कार, ५०९ टेम्पो, ४९५ शारीरिक शक्तिले चल्ने सवारी साधन, २१० बस तथा २०४ वटा ट्रक र ट्याक्टर दुर्घटनामा संलग्न रहेका छन् । 

यस्तै सोही आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख २० हजार ४८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । 

उक्त कारबाहीबाट १३ करोड ५८ लाख छ हजार ६३ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक थापाले बताए ।
 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ३३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु