लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते « Khabarhub

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए।

आज आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले दुर्घटनामा परी ४२४ पुरुष, ११० महिला र ५१ बालबालिकाको ज्यान गएको जानकारी दिए। दुर्घटनामा परी एक हजार ७९९ जना गम्भीर घाइते भएका छन् भने छ हजार २५९ जना सामान्य घाइते भएका छन्।

तीव्र गति, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनु दुर्घटनाको मुख्य कारण रहेको प्रहरी उपरीक्षक थापाले बताए। दुर्घटनामा संलग्न कूल छ हजार ८२२ सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन्। तथ्याङ्कअनुसार चार हजार २८६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन्।

यस्तै ६६६ जिप तथा कार, ५०९ टेम्पो, ४९५ शारीरिक शक्तिले चल्ने सवारी साधन, २१० बस तथा २०४ वटा ट्रक र ट्याक्टर दुर्घटनामा संलग्न रहेका छन्।

यस्तै सोही आर्थिक वर्ष २०८२र८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख २० हजार ४८ वटा सवारी साधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट रु १३ करोड ५८ लाख छ हजार ६३ राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : २९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२