दिल्लीको रुखहरुमा पूर्व क्रिकेटर गौतम गम्भीर हराएको पोस्टर ! « Khabarhub

दिल्लीको रुखहरुमा पूर्व क्रिकेटर गौतम गम्भीर हराएको पोस्टर !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको नयाँ दिल्ली क्षेत्रको आइटीओ क्षेत्रमा दिल्लीका पूर्व सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीर लापता (हराएको) पोस्टर टाँसिएको छ । रुखहरुमा उनी लापता भएको भन्दै पोस्टर टाँसिएको हो ।

यो पोस्टरमा तल लेखिएको छ कि,‘तपाईहरुले यिनलाई कही देख्नु भएको छ ?’

अन्तिमपटक उनलाई इन्दोरमा जेरी खाँदै गरेको अवस्थामा देखिएको थियो । पूरै दिल्लीमा उनको खोजी भइहरको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गम्भीर दिल्लीमा प्रदुषण माथि भएको एक मिटिङमा सहभागी भएका थिएनन् । यो शहरी विकासको संसदीय समितिको मिटिङ थियो ।
मिटिङमा नगएपछि जब गम्भीरको सामाजिक सञ्जालमा आलोचना भयो तब उनले भनेका थिए ‘मेराका स्वयं बोल्ने हो । यदी मलाई गाली गरेर दिल्लीको प्रदुषण कम हुन्छ भने ‘आप’ मलाई बेसरी गालि गरोस् ।’

त्यस्तै गम्भीर दिल्लैको तीन एमसीडीको कमिश्नर पनि यो बैठकमा पुगेनन् जसका कारण बैठक स्थिगित भएको थियो ।

उनी प्रदुषण नियन्त्रणबारेको मिटिङमा सहभागी नभएपछि मानिसहरुले उनी हराएको सूचना टाँस गरेका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ५८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको