बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी « Khabarhub

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको छ । फिल्म निर्माण संख्या पनि बढ्न थाल्यो, फ्लपको संख्या पनि त्यहीअनुसार उकासिएको छ ।

तथापि एक तथ्य स्वीकार गर्नैपर्छ- अनिश्चित नाफा र घाटा हुने क्षेत्र हो, फिल्म । ९५ प्रतिशतभन्दा बढी फिल्म फ्लप हुन्छन् । अर्थात्, जोखिमदर उच्च छ ।

तर, पछिल्लो दशक नेपाली फिल्म क्षेत्रमा तीन ब्यानर यसरी हाबी भए कि, उनीहरूका लागि फिल्म भनेको नाफा मात्रै हो । घाटा त शब्दकोषमा नै छैन ।

ती ब्यानरहरू हुन्– दीपकराज गिरीको आमा सरस्वती मुभिज, बाँसुरी फिल्मस् र षट्कोण आर्टस् ।

आमा सरस्वती मुभिज ब्यानर ‘छक्का पञ्जा टिम’, बाँसुरी फिल्म ‘कबड्डी’ र ‘षट्कोण आर्टस् ‘जात्रा फिल्म’का कारण स्थापित भएका हुन् ।

१ अर्ब ग्रस कलेक्सन गर्ने पहिलो र एक्लो ब्यानरमा ‘आमा सरस्वती मुभिज’ हो । तथापि, यी ब्यानरले नयाँ कलाकारहरू भने जन्माउन सकेनन् ।

षट्कोण आर्टस् : यस ब्यानरले बनाएको फिल्म ‘जात्रा’ सिरिज हो । यस सिरिजमा तीन फिल्म बने । यस ब्यानरमा अन्य दुई फिल्म ‘लालीबजार’ र ‘महापुरुष’ बने ।

यी पाँचै फिल्म व्यापारिक रुपमा सफल छन् । तर, यस ब्यानरले कुनै पनि नयाँ कलाकार जन्माउन सकेन । सीमित कलाकारकै वरपरी घुम्यो ।

‘जात्रा’ सिरिजको शीर्ष कलाकारमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा नै दोहोरिरहे । नायिकामा वर्षा राउत नै हाबी रहिन् ।

‘महापुरुष’मा वरिष्ठ कलाकार हरिवंश शीर्ष भूमिकामा छन् । ‘लालीबजार’को शीर्ष भूमिकामा स्थापित नायिका स्वस्तिमा खड्कालाई नै लिइयो ।

यो ब्यानरबाट बनेको पाँचै फिल्ममा एक कलाकार छुटेका छैनन्– रवीन्द्रसिंह बानियाँ । उनी यस ब्यानरको हिस्सेदार पनि हुन् ।

बाँसुरी फिल्मस् : बाँसुरी फिल्मसले बनाएको फिल्मको शीर्ष नायकै दयाहाङ राई हुन् । सहायक नायककमा बुद्धि तामाङ र विजय बराल छन् । यो ब्यानारले सोलो निर्माण गरेको फिल्म ‘कबड्डी’ सिरिज र ‘डिग्री माइला’ हो ।

कबड्डी सिरिजमा भने स्थापित र फेस भ्यालु भएका नायिकाले अवसर पाए । जस्तै, ‘कबड्डी ३’मा उपसनासिंह ठकुरी । ‘कबड्डी ४’मा मिरुना मगर ।

‘डिग्री माइला’ मा भने आँचल शर्मा र ऋचा शर्माले स्थान पाए । छायाङ्कन भइसकेको र प्रदर्शनमा आउन बाँकी रहेको ‘कबड्डी ५’मा पनि मिरुना नै दोहोरिएको चर्चा छ ।

आमा सरस्वती मुभिज : ‘छक्का पञ्जा देखि छक्का पञ्जा ५’, ‘वडा नम्बर ६’ र ‘छ माया छपक्कै’ यो ब्यानरमा बनेका फिल्म हुन् ।

यो ब्यानरको विशेषता नै हिट फिल्म दिने र फेस भ्यालु भएका नायिकालाई स्थान दिने बन्यो । प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, वर्षा राउत, वर्षा सिवाकोटी, दिपिका प्रसाईं, बेनिशा हमाललगयातका स्थापित नायिकाले नै यो ब्यानरमा स्थान पाए । यसको नियमित कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे र शिवहरि पौडेल हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ०८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६