एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू) « Khabarhub

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा सद्भाव र्‍याली निकालिएको छ ।
 
बुटवलको राजमार्ग चौराहामा बुधबार विभिन्न समुदायका नागरिकको सहभागितामा शान्तिपूर्ण सद्भाव र्‍याली भएको हो ।

धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भावको सन्देश दिन ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने मूल नारासहित र्‍याली आयोजना गरियो ।

युवाहरुको समूह एमआरआरको आयोजनामा भएको र्‍यालीलाई राजा–ए मुस्तफा मस्जिद समिति तथा मदिना मदरसा मस्जिदले सहयोग गरेका थिए ।

सहभागीहरूले विविधताबीचको एकतालाई अझ मजबुत बनाउँदै शान्ति र भाइचाराको भावना कायम राख्नुपर्नेमा जोड दिए । सहभागीले हात र गलामा राष्ट्रिय झण्डा बोकेका थिए । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ७ : ०५ बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै