नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित « Khabarhub

विश्वकप लिग -२

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको हो ।

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। उसका लागि नोआ क्रोसले ७० तथा कप्तान स्कट एडवार्ड्सले ५७ रन बनाए। नेपालका करण केसीले ४ विकेट लिए।

यो हारसँगै नेपालको लिग–२ मा शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। ३२ खेलबाट २४ अंकमा रहेको नेपाल अब बाँकी सबै खेल जिते पनि अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने अवस्था बनेको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : ५० बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम