रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिरहरू) « Khabarhub

रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिरहरू)


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा– काठमाडौं र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो-पासाङ ल्हामु (त्रिशुली राजमार्ग) । यो राजमार्ग उत्तरी छिमेकी देश चीनसँग प्रमुख आयात–निर्यात हुने रसुवागढी नाकासँग जोडिन्छ । 

राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावती बजारबाट रसुवाको धुन्चेसम्म पुग्दा यो सडकको अवस्था बिजोग छ ।  सीमाबाट आयात–निर्यात हुने सबै वस्तु यही बाटो हुँदै ल्याउने–लैजाने गरिन्छ । 

ट्रयाक खुलेर सञ्चालनमा आएको ४० वर्ष भइसक्दा बेत्रावती–धुन्चे सडकको अवस्था अझै दयनीय छ । साँघुरो, त्यसमाथि हिलाम्मे भएकाले धुन्चे आउजाउ गर्न निकै सास्ती व्यहोर्नुपर्ने अवस्था छ । बेत्रावती–धुन्चे सडक २०४२ सालदेखि सञ्चालनमा आएको थियो । ४० वर्ष भइसक्दा पनि करिब ३९ किलोमिटरको सडक सबै पक्की बन्न सकेको छैन ।

स्याउबारीसम्म करिब २३ किलोमिटर सडक कालोपत्रे भएपनि बाँकीमध्ये धेरै कच्ची र केही ठाउँमा कंक्रिट ढलान रहेको सडक डिभिजन, नुवाकोटका सूचना अधिकारी ई सुदीप कार्कीले बताए । करिब ३९ किलोमिटर दूरीको सडकको धेरै ठाउँ यतिबेला हिलाम्मे छ ।

कामाख्या कन्स्ट्रक्सनले धुन्चेसम्म ठाउँ–ठाउँमा कंक्रिट ढलान गर्न २०८१ असारमा करिब १५ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ‘ठाउँ–ठाउँमा गरेर ४ किलोमिटर ढलान गर्नुपर्ने हो । 

भदौ अन्तिमसम्म सकिनुपर्ने सम्झौता हो,’ उनले भने । जेन–जी आन्दोलन, एकैपटक दुईतर्फी काम गर्न नमिल्ने र समय लाग्ने भएकाले ठेकेदार कम्पनीले थप समय मागेको छ ।  

रसुवागढीतर्फ जान बेत्रावती–धुन्चेबाहेक विकल्पमा बेत्राबती–मैलुङ–स्याफ्रुवेंशी सडक पनि छ । रसुवागढी जान कालिकास्थान–धुन्चेभन्दा मैलुङतर्फको सडक २५ किलोमिटर छोटो पर्छ । 

हालै खुलेको र यात्रा गर्न असहज रहेकाले मैलुङतिरको बाटो कम प्रयोग हुन्छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर र बेत्रावती–मैलुङ हुँदै स्याफ्रु पुग्न २९ किलोमिटर छ । धुन्चे निस्कँदा धेरै घुम्ती रहेकाले मैलुङतर्फभन्दा अहिले प्रयोग हुने सडकको दूरी धेरै पर्छ ।  

मैलुङतर्फको सडक स्तरोन्नति भएमा बेत्रावती–धुन्चेलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने इन्जिनियर कार्कीले बताए ।

‘मैलुङको बाटो खोला आसपास भएकाले कटान भएर प्रयोग गर्न नमिल्ने पनि हुनसक्छ । धुन्चेतिर बाटो लामो भएपनि डाँडा छ,’ उनले थपे, ‘यसलाई वैकल्पिक मार्ग पनि बनाउन सकिन्छ ।’

केही ठाउँमा ढलान र नियमित मर्मत सम्भारबाहेक बेत्रावती–धुन्चे सडकमा सरकारले खासै ठूलो लगानी गरेको छैन । बेत्रावती–धुन्चे सडक मर्मत–सम्भारका लागि साउन ६ मा सडक डिभिजन, नुवाकोटले ठेक्का खोलेको छ । ‘धुन्चे पुग्दासम्म स्याउबारी कटेपछि कच्ची र ढलान छ । 

अहिले खोलिएको ठेक्का बिग्रेको ठाउँमा टालटुल गर्न हो,’ उनले भने । ९३ लाख र २९ लाख रुपैयाँको दुई वटा फरक–फरक ठेक्का आव्हान गरिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ११ : ३५ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई