‘क्याप्टेन’ की नायिकालाई ‘कबड्डी ३’ मा अफर ! « Khabarhub

‘क्याप्टेन’ की नायिकालाई ‘कबड्डी ३’ मा अफर !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘क्याप्टेन’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका उपासना सिंह ठकुरीले ‘कबड्डी ३’ बाट अफर आएको छ । चलचित्र ‘क्याप्टेन’ मा गाउँमा हुर्किएर काठमाडौं आएकी एक युवतीको भूमिका निभाएकी उपासनाको अभिनयको  तारिफ भइरहेको छ ।

हलमा ‘क्याप्टेन’ चलिरहँदा ‘कबड्डी’ का लागि उपासनालाई अफर आएको हो । तर उपासनाले भने फिल्ममा काम गर्नेबारे अझै निर्णय गरिसकेकी छैनिन् । ‘क्याप्टेन’ मा आएको प्रतिक्रियापछि मात्र आफूले यो फिल्ममा काम गर्ने या नगर्नेबारे निर्णय लिने उनले बताइन् ।

त्यसो त फिल्म ‘कबड्डी’ मा प्रदीप खड्कालाई पनि अफर गरिएको छ । फिल्मका निर्देशक रामबाबु गुरुङले नै यो कुराको पुष्टि गरिसकेका छन् । यदि उपासना र प्रदीप दुवै फिल्ममा देखिए भने फिल्ममा यी दुईको जोडी पनि रहन सक्ने सम्भावना छ ।

यता फिल्मका निर्देशक गुरुङले ‘कबड्डी ३’ मा उपासनाले फिल्म खेल्नेबारे आधिकारिक जानकारी भने दिएका छैनन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  २ : ४३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल