काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ पुस्ताले उनीहरूलाई विस्थापित गरिहाल्छ । आफ्नो प्राइम अवधि कति लामो बनाउने भन्ने रणनीति कलाकारमै निहित छ ।
लिटी–बिग बजेटको फिल्म गर्ने, कम सार्वजनिक कार्यक्रममा देखिने, सामाजिक सञ्जालमा निस्क्रिय हुनेलगायत स्टारहरूका व्यक्तिगत निर्णयलाई पनि यही रणनीतिमा अन्तर्गत पर्छन् ।
केही नियतबस कन्ट्रोभर्सीको गराएर पनि आफूलाई चर्चामै राख्न चाहान्छन् । यसलाई नै खासै राम्रो रणनीतिमा मानिँदैन । कारण– ब्याक फायर पनि हुनसक्छ ।
जे–जस्तो रणनीति अपनाए पनि प्राइमबाट विस्थापन हुनै पर्छ । यो प्रक्रिया नै हो ।
नायिका प्रियंका कार्कीले प्राइममा रहन माथि उल्लेख गरिएका सबै रणनीति अपाइन् । तर, उनी विस्थापित भइन् नै । अहिले आफ्ना लागि आफैँ फिल्म बनाउने अवस्थामा पुगेकी छिन् ।
प्राइम र छायाँ
विवादित अन्तर्वार्ता, रङ्गिन खुराक वा निजी चासो उजागर, बेड सिन, बोल्ड लुक्स, ओपन रिलेसन यी सबै कुराले प्रियंका चर्चामै रहिन् । प्राइममा रहँदा उनका साना कुरा पनि चर्चाका विषय बन्थे ।
यो कुराले पनि उनलाई व्यावसायिक फाइदा पनि दियो– व्यस्त बनायो ।
प्राइममा रहँदा उनको अभिनय क्षमताको पनि खुबै प्रशंसा हुन्थ्यो । मेकरहरू नै भन्थे– ‘प्रियंका फिट नहुने रोल नै छैन ।’
हुन पनि उनले बोल्ड युवती र आमाको दुवैभूमिकामा आफूलाई प्रस्तुत गरिन् । बोल्ड बेड सिन र ग्रामीण युवतीको भूमिकामा पनि फिट नै थिइन् । दर्शकले मन नै पराए ।

उनी सर्वाधिक व्यस्त रहेको वर्ष सन् २०१५ हो । यस वर्ष उनले ७ फिल्म दिइन् । उनको प्राइम समय विसं २०७० को दशकको सुरुवाती पाँच वर्ष नै हो । यही अवधिमा उनले हिट फिल्म दिइन् ।
‘छक्का पञ्जा टिम’को फिल्म पनि उनले यही समय गरेकी हुन् । जुन उनको करिअकै सर्वाधिक हिट हो । यहीताका प्रियंकाका हरेक गतिविधि चर्चामा हुन्थे ।
०७५ पछि लगातारको फ्लपले प्रियंका किनारा लाग्दै गइन् । पछिल्लो केही वर्षलाई हेर्ने हो भने उनले फिल्म नै पाएकी छैनन् भन्दा हुन्छ । पाए पनि नयाँ ब्यानर– मेकरहरूको फिल्म पाउने गरेकी छिन् ।
बढी सहायक भूमिकामा काम पाउन थालिन् । ती फिल्मले उनलाई पुरानो क्रेज दिलाउन सक्थ्यो !
उनी फिल्मबाट छायाँमा परेको गज्जब उदाहरण हो– ‘सी ग्रेड’को म्युजिक भिडियो ‘मकै बारी दर्याम दर्याम’ । उक्त भिडियो हेरेपछि दर्शकले नै भनेका थिए, ‘प्रियंकाको दिन यति नराम्रो चलेको छ ?’
अहिले उनले आफ्नै लगानीमा फिल्म ‘मास्टर्नी’ लिएर आउने तयारीमा छन् । यस क्रममा उनले ‘लिड रोल नपाएर मेकिङकमा आएको’ भन्ने प्रश्न सामना गरिरहेकी छिन् । यसबारे उनको जवाफ छ, ‘जे सोच्दा नि हुन्छ ।’
लिड रोल नपाइरहेको अवस्थामा आफ्नो लगानीमा बनेको फिल्म आफैँ नायिकाको भूमिकामा देखिनुले त्यही संकेत गर्छ ।
के गर्ला ‘मास्टर्नी’ले ?
प्रियंकालाई ‘मास्टर्नी’ हिट हुनुपर्ने दोहोरो दबाब छ । पहिलो लगानी सुरक्षित हुनुपर्यो । दोस्रो– यही फिल्मले करिअर उकास्नु पर्ने छ । मेकिङमा पहिलो गाँसमा ढुंगा लाग्नु भने पनि राम्रो अनुभव बन्दैन ।
फिल्म प्रचारका लागि उनले ‘म्याथ सिक्ने भए…’ शीर्षकको निकालेर विवादमा परिसकिन् । विवादमार्फत् प्रचार गर्ने ट्रेडिस्नल शैलीले कत्ति काम गर्छ ? त्यो केही दिनमा थाहा हुन्छ ।
तथापि, दर्शकले फिल्म आउँदैछ भन्नेबारे जानकारी भने पाए । कत्तिले फिल्म बहिस्कार गर्ने घोषणा गरेका छन् ।
हेरौँ- प्रियंकाको करिअरमा ‘मास्टर्नी’ले के फरक पार्छ ? कमब्याक गराउँला त ?












प्रतिक्रिया