राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव « Khabarhub

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाली समाजको विशेषता आपसी सहअस्तित्व, सद्भाव, एकता र सहकार्य रहेको उल्लेख गर्दै सबैलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन् ।

देउवाले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति, एकता र सहकार्यको आदर्शलाई आत्मसात् गर्दै संयमता अपनाउन हार्दिक अनुरोध गरेका छन् ।

साथै, पछिल्ला घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

देउवाले हिंसा थप फैलिन नदिन सरकारलाई सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल गर्न तथा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

पछिल्ला केही दिनयता तराईका विभिन्न जिल्लामा भएका घटनापछि तनावको अवस्था सिर्जना भएको छ । यस विषयमा राजनीतिक दलका नेताहरूले संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा समस्याको समाधान संवाद र सहकार्यबाट खोज्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ९ : २० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,