राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन « Khabarhub

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीको राष्ट्र सम्बोधनपछि भएको यो भेटलाई पछिल्लो समय तराई–मधेसका विभिन्न जिल्लामा विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई वर्तमान सुरक्षा अवस्था, सरकारले अघि सारेका कदम तथा समसामयिक राजनीतिक विषयबारे जानकारी गराएका छन् ।

तराई–मधेस क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएको तनाव र त्यसलाई नियन्त्रण गर्न सरकारले चालेका पहलका विषयमा पनि भेटमा छलफल भएको बताइएको छ ।

पछिल्ला घटनापछि सरकारमाथि शान्ति–सुरक्षा कायम राख्न र परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने दबाब बढिरहेका बेला प्रधानमन्त्रीको शीतल निवास भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटबारे औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ९ : २५ बजे

एमालेमा रोकिएन किचलो, कार्यदलमा विवादबीच बल्थली रिसोर्टबाट प्रतिवेदन एउटै बनाउने जिम्मा तीन नेतालाई

काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’