पशुपतिमा गाँजा तान्ने १० जना पक्राउ, बिक्री गरे साधुलाई पनि नियन्त्रणमा लिइने ! « Khabarhub

पशुपतिमा गाँजा तान्ने १० जना पक्राउ, बिक्री गरे साधुलाई पनि नियन्त्रणमा लिइने !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्री पर्वको दिन पशुपति क्षेत्रमा गाँजा सेवन गर्ने १० जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिवरात्री पर्वको सुरक्षा व्यवस्थापनमा खटिएको प्रहरीले विभिन्न ठाउँमा गाँजा तानेर बसेकालाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले गाँजा तान्ने र दर्शनार्थीको पकेटमारी गर्ने गरी १० जनालाई नियन्त्रणमा लिइएको बताए ।

‘शिवरात्रीको दिन भनेर जथाभावी गाँजा तान्दै हिँड्ने, हो–हल्ला गर्ने र पकेटामारीमा संलग्न १० जनाजतिलाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी लामाले खबरहबसँग भने, ‘उनीहरुलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालाको हिरासतमा राखिएको छ ।’

गाँजा बिक्री गरे साधुलाई पनि नियन्त्रणमा लिइने

पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रीलाई गाँजा र भाङ्ग निषेधित शिवरात्रीको रुपमा घोषणा गरेको थियो । तर, शिवरात्रीको दिन (सोमबार) विहानैदेखि पशुपति क्षेत्रमा गाँजा सेवन गर्नेहरु यत्रत्यत्र देखिन्थे ।

शिवरात्रीको अवसरमा विभिन्न क्षेत्रबाट पशुपति पुगेका साधु–सन्तले नै गाँजा बिक्री गर्दै आएका थिए । प्रहरीले दिउँसोबाट भने गाँजा बिक्रीमा रोक लगाउँदै पशुपतिमा आएका साधुहरुलाई पनि सचेत गराएको जनाएको छ ।

‘हामीले उहाँ (साधु)हरुलाई भित्र बसेर एकान्तमा सेवन गर्नुहोस् । तर, बाहिर आएर सेवन नगर्नुहोस्, अरुलाई नदिनुहोस् भनेर सचेत गराएका छौं,’ एसएसपी लामाले भने, ‘यदि साधुहरुले पनि सार्वजनिक रुपमा गाँजा सेवन गरेको देखिएमा वा बिक्री गरेको देखिएमा नियन्त्रणमा लिन्छौं भनेका छौं । त्यस्तो पाइएमा साधुलाई पनि नियन्त्रणमा लिइन्छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  २ : ५१ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको