पशुपतिमा गाँजा तान्ने १० जना पक्राउ, बिक्री गरे साधुलाई पनि नियन्त्रणमा लिइने ! « Khabarhub

पशुपतिमा गाँजा तान्ने १० जना पक्राउ, बिक्री गरे साधुलाई पनि नियन्त्रणमा लिइने !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्री पर्वको दिन पशुपति क्षेत्रमा गाँजा सेवन गर्ने १० जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिवरात्री पर्वको सुरक्षा व्यवस्थापनमा खटिएको प्रहरीले विभिन्न ठाउँमा गाँजा तानेर बसेकालाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले गाँजा तान्ने र दर्शनार्थीको पकेटमारी गर्ने गरी १० जनालाई नियन्त्रणमा लिइएको बताए ।

‘शिवरात्रीको दिन भनेर जथाभावी गाँजा तान्दै हिँड्ने, हो–हल्ला गर्ने र पकेटामारीमा संलग्न १० जनाजतिलाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी लामाले खबरहबसँग भने, ‘उनीहरुलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालाको हिरासतमा राखिएको छ ।’

गाँजा बिक्री गरे साधुलाई पनि नियन्त्रणमा लिइने

पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रीलाई गाँजा र भाङ्ग निषेधित शिवरात्रीको रुपमा घोषणा गरेको थियो । तर, शिवरात्रीको दिन (सोमबार) विहानैदेखि पशुपति क्षेत्रमा गाँजा सेवन गर्नेहरु यत्रत्यत्र देखिन्थे ।

शिवरात्रीको अवसरमा विभिन्न क्षेत्रबाट पशुपति पुगेका साधु–सन्तले नै गाँजा बिक्री गर्दै आएका थिए । प्रहरीले दिउँसोबाट भने गाँजा बिक्रीमा रोक लगाउँदै पशुपतिमा आएका साधुहरुलाई पनि सचेत गराएको जनाएको छ ।

‘हामीले उहाँ (साधु)हरुलाई भित्र बसेर एकान्तमा सेवन गर्नुहोस् । तर, बाहिर आएर सेवन नगर्नुहोस्, अरुलाई नदिनुहोस् भनेर सचेत गराएका छौं,’ एसएसपी लामाले भने, ‘यदि साधुहरुले पनि सार्वजनिक रुपमा गाँजा सेवन गरेको देखिएमा वा बिक्री गरेको देखिएमा नियन्त्रणमा लिन्छौं भनेका छौं । त्यस्तो पाइएमा साधुलाई पनि नियन्त्रणमा लिइन्छ ।’

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  २ : ५१ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न