राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन « Khabarhub

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।

शनिबार चूनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो। मूल आयोजक समितिसँगै १६ वटा विभिन्न उपसमिति समेत गठन गरिएको नेता कोइरालाले बताए।

कांग्रेसलाई वैचारिक, नीतिगत र संगठनात्मक रूपमा सबल तथा सक्षम बनाउने उद्देश्यसहित राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको कोइरालाले बताए। उनका अनुसार भेलामा पार्टीको वर्तमान अवस्था, मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक विषयसँगै नागरिक जीवनसँग जोडिएका गम्भीर सवालमा गहन छलफल गरिनेछ।

पार्टीभित्र एकताका लागि निरन्तर प्रयास, धैर्यता र पहल गरिए पनि पदमा रहेका नेतृत्वबाट अपेक्षित भूमिका देखिन नसकेपछि नेता, कार्यकर्ता, जनप्रतिनिधि र शुभेच्छुकमा देखिएको चिन्ता तथा निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्नुपरेको कोइरालाको भनाइ छ।

उनले लोकतान्त्रिक संविधानमाथि चुनौती बढिरहेको र धार्मिक तथा साम्प्रदायिक द्वन्द्वका घटना बढ्दै गएको भन्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याए। सुनसरीलगायतका स्थानमा भएका घटनाका घाइतेको उचित उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि उनले सरकारसँग माग गरे।

संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न पार्टीभित्र बलियो एकतासँगै राष्ट्रिय राजनीतिक शक्तिहरूबीच सहमति र सहकार्य आवश्यक रहेको जनाएको छ।

कांग्रेस संस्थापन इतर पक्षले यसअघि नै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको छ। भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी र सदस्यलगायतलाई सहभागी हुन आग्रह गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ३ : ३९ बजे

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको