नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक « Khabarhub

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ ।

शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएका काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिष्टार विन्दा घिमिरेका अनुसार परीक्षामा एक हजार ६०८ परीक्षार्थी सहभागी भएकामा ८७१ मात्र उत्तीर्ण भएका थिए ।

गत असारमा लिइएको २२औँ परीक्षामा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले वर्षको तीनपटक नाम दर्ता परीक्षार्थी सञ्चालन गर्ने गर्दछ ।

अनुत्तीर्ण परीक्षार्थीले पुनःप्रयोगका लागि ३५ दिनभित्र निवेदन दिन सकिने र आगामी परीक्षा चैत महिनामा सञ्चालन हुने काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : १८ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा