अमेरिकी र दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित « Khabarhub

अमेरिकी र दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक- संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् ।

उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाई छ ।

उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्र स्वरुप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो ।

उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुबै मुलुकलाई स्वीकार्य स्पष्ट योजना सहित अघि आउन आग्रह गरिआएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच सिंगापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए । तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो ।

अमेरिकी रक्षामन्त्री एस्परले संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिए । उनले भने– कोरियाली द्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत निर्णय गरिएको हो ।

थाइल्याण्डको राजधानी बैंककमा एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबलमा चाँडै आउने विश्वास व्यक्त गरे ।

उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाईले दुबै मुलुकका कुटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताए ।

स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुबै मुलुकबीचको वार्ता एकाएक भङ्ग भएको थियो ।

वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ०० बजे

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र