राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकैदिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ ।

प्रतिष्ठानका अनुसार एक हजार १८० जनाले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् भने ५१ जनाले आकस्मिक सेवामार्फत उपचार गराएका छन् । साथै, ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

आकस्मिक सेवाबाट उपचार गराउनेमध्ये २६ जना पुरुष र २५ जना महिला छन् । यस्तै, ओपीडीमा ४३५ पुरुष र ७४५ महिला उपचारका लागि आएका थिए । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ४४६ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीले बिरामीको बढ्दो चापले प्रतिष्ठानप्रतिको जनविश्वास बढ्दै गएको सङ्केत गरेको बताए । विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङसहित छिमेकी जिल्लाबाट पनि ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उनको भनाइ छ ।

बिरामीको चाप बढे पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ४२ बजे

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी