शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट « Khabarhub

शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- शीर्ष स्थानमा रहँदै इंग्ल्याण्ड युरोकपमा छनोट भएको छ । आइतबार राति भएको समूह एको खेलमा इंग्ल्याण्डले कोसोभोलाई ४–० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।

खेलको ३२ औ मिनेटमा ह्यारी विङ्कको गोलबाट इंग्ल्याण्डले अग्रता लियो । ७९ औ मिनेटमा ह्यारी केनले अग्रतालाई दोब्बर बनाए । त्यसको चार मिनेटपछि मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई ३–० को स्थितिमा पुर्याएका थिए ।

ईन्जुरी समयमा मासन माउन्टले गोल गर्दै पाहुना टिमलाई प्रभावशाली जित दिलाए । सिनियर स्तरको खेलमा माउन्टको समेत पहिलो गोल हो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै इंग्ल्याण्डले छनोट प्रतियोगिताको अन्त्य गरेको हो । शीर्ष स्थानको इंग्ल्याण्डले ८ खेलबाट २१ अंक जोड्यो । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ३९ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ