एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो « Khabarhub

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक वित्तीय विवरणअनुसार पहिलोपटक बैंकको वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँ नाघेको छ । 

बैंकका अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । 

बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति सेयर वितरणयोग्य आम्दानी ९.०८ प्रतिशत कायम भएको छ।

प्रभावकारी वासलात व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । 

त्यसैगरी, डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ कारोबार विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।

 
बैंकका अनुसार पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा पुँजी प्रतिफल ११‍.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : २४ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः