यी हुन् अहिलेसम्म साग भएका १० शहर | Khabarhub Khabarhub

यी हुन् अहिलेसम्म साग भएका १० शहर



काठमाडौं –  १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) १५ गते दशरथ रंगशालामा उद्घाटन हुनेछ ।

दशरथ रंगशालामा पुरुष फुटबल टोलीको खेल गराउँदै सागको औपचारिक शुरुवात हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानाकरी दिइसकेको छ ।

सन् १९८४ मा काठमाडौंबाटै शुरु भएको साग ३५ बर्षपछि पुन काठमाडौं फर्किदा अहिलेसम्म ५ वटा देशका विभिन्न शहरहरुमा सागका खेल भइसकेका छन् ।

यस अघिका संस्करणहरुमा काठमाडौंमा केन्द्रीत साग अहिले पोखरा र जनकपुरमा पनि हुने भएको छ ।
औपचारीक रुपमा जनकपुरलाई आयोजक शहरका रुपमा राख्न नसक्नुका पछाडि लोगो अगाडि बन्नु र जनकपुरमा कुस्ती खेलाउने निर्णय

गर्न भएको ढिलाईका रुपमा राखेप नेतृत्वले व्याख्या गरेको छ ।

जनकपुरसहित अहिलेसम्म औपचारीक रुपमा साग आयोजना भएका शहरहरु निम्न रहेका छन् ।

ढाका (बंगलादेश)

ढाकाले दोस्रो, छैठौं र एघारौं संस्करणको साग आयोजना गर्ने अवसर पाएको थियो । ढाका निवासीहरुले तीन पटक सागको सफल आयोजना गरिसकेका छन् । तीन संस्करणमध्ये दोस्रोमा ९ स्वर्ण र एघारौं सागमा १८ स्वर्ण जित्दै बंगलादेश सबैभन्दा धेरै स्वर्ण जित्नेको शिर्ष तेस्रो स्थान थियो भने छैठौं सागमा ११ स्वर्ण जित्दै चौथो स्थानमा थियो ।

काठमाडौं (नेपाल)

लगातार तेस्रो संस्कण आयोजना गर्न गइरहेको काठमाडौंका लागि अहिलेसम्मको सबैभन्दा सफल साग आठौं संस्करणको हो । जसमा नेपालले ३१ स्वर्ण जितेको थियो । भने पहिलो संस्करणमा ५ खेलबाट नेपालले ४ स्वर्ण जितेको थियो । यस्तै, तेह्रो संस्करणको सागलाई नेपाल यादगार बनाउने लक्ष्यमा रहेको छ । मंसिर १५–२४ मा हुने सागमा ५० स्वर्ण जित्ने लक्ष्य नेपालले बनाएको छ ।

इश्लामावाद ( पाकिस्तानको)

अहिलेसम्म पाकिस्तानले दुई पटक सागको आयोजना गरेको छ । सन् १९८९ को चौथो साग र नवौं २००४ को सागलाई सफल रुपमा आयोजना गरेको छ ।

जसमा इश्लामावादले पहिलो पटक सन् १९८९ मा आयोजना गर्दा पाकिस्तानले ४५ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको थियो भने २००४ मा दोस्रो स्थानमा रहेको पाकिस्तानले ३८ स्वर्ण जितेको थियो । अब चौधौं साग पनि पाकिस्तानले गर्ने सम्भावना रहेको छ ।

श्रीलंका (कोलम्बो)

यस्तै, श्रीलंकाको कोलम्बो शहरमा साग दुई पटक आयोजना भइसकेको छ । कोलम्बोले सन् १९९१ मा भएको पाँचौ संस्करण र २००६ मा भएको दशौं साग आयोजना गरेको थियो । पाँचौ सागमा श्रीलंकाले राम्रो सफलता हात पारेको थियो । जसमा श्रीलंकाले ४४ स्वर्ण जितेको थियो भने दशौं सागमा ३७ स्वर्ण जित्दै तेस्रो स्थानमा रहेको थियो ।

कोलकत्ता (भारत)

कोलकत्ताले एक पटक सागको आयोजना गर्ने अवसर पाएको छ । कालकत्ताले सन् १९ ८७ को तेस्रो संस्करणको आयोजना गरेको थियो । उक्त संस्करणमा सागमा १० खेल समावेश थिए भने त्यसमध्ये भारतले ९१ स्वर्ण जितेको थियो ।

मदरास (भारत)

भारतमा भएको सागमध्ये सन् १९९५ को सातौं संस्करण मदरासले आयोजनाको जिम्मा पाएको थियो । सहभागी सात राष्ट्रमध्ये भारतले १सय६६ रुवर्ण जितेको थियो । जसमा १४ खेल समावेश गरिएका थिए ।

गुवाहाटी (भारत)

सन् २०१६ मा भारतले आफ्ना दुई शहरमा साग आयोजना गरेको थियो । त्यसमध्येको एक थियो, गुवाहाटी । गुवाहाटीमा १२ औं सागको ओपनिङ र क्लोजिङ दुवै गरिएको थियो । उक्त संस्करणमा भारतले १सय८८ स्वर्ण जितेको थियो ।

सिलोङ (भारत)

१२ औं साग भारतले आयोजना गरेको थियो । साग आयोजकका हिसाबले भारतले आफ्ना दुई शहरमा खेल गराएको थियो । सिलोङमा ८ खेल खेलाइएको थियो । सिलोङको जवाहरलाल नेहरु स्पोट्स कम्प्लेक्समा खेल गराएको थियो ।

पोखरा (नेपाल)
पोखरा नेपालका सुन्दर शहरहरुमध्येको एक हो । यसको सुन्दरतासँगै पोखराले विभिन्न खेलको आयोजनासमेत गरिसकेको छ । तर, साग पहिलो पटक आयोजना गर्न गइरहेको पोखरा साग आयोजना गर्ने कान्छो शहरमध्येको एक हो । पोखरामा ९ खेलमा खेलाडीलहरुले प्रतिस्पर्धा गर्नेछन् ।

गण्डकी प्रदेश अन्तरगतको शहर पोखरा अहिले १३ औं साग शुरु हुन मात्रै १३ दिन बाँकी छ । त्यसका लागि अहिले पोखरा सिङ्गारिने क्रममा रहेको छ ।

जनकपुर (नेपाल)

१३ औं साग आयोजन ागर्ने तेस्रो शहर हो, जनकपुर । प्रदेश नम्बर दुईको ठूलो शहर जनकपुरले सागमा कुस्ती आयोजन ागर्नेछ । सबैभन्दा कम एक मात्रै खेल हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ३० बजे

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।