एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने « Khabarhub

एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले नयाँ मनसुन अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन् । यो योजनामा सहभागी हुन ग्राहकहरूले ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन् । त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक रिवार्ड जम्मा हुन्छ। ग्राहकहरूले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ ।

त्यसपछि ग्राहकहरूले प्राप्त गरेको लाभ अनुसारको रिवार्ड क्यासब्याक जारी भएको एक साता भित्र प्रयोग गरिसक्नुपर्छ । प्रत्येक प्याक खरिद गर्दा क्यासब्याक रिवार्ड प्राप्त गर्न सकिन्छ । यो अफर ट्रान्सफर गर्न सकिनेछैन र यसलाई नगदमा रूपान्तरण पनि गर्न सकिँदैन । तर प्रत्येक पटक योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त भएको रिवार्ड ग्राहकहरूले जमा गरेर राख्न र उपभोग गर्न भने सक्नेछन् ।

मनसुन अफर अन्तर्गत ५० देखि ९९ रुपैयाँसम्मको प्याक खरिद गर्ने ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउनेछन्, १०० देखि २०० रुपैयाँ सम्मको प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ सम्मको प्याकमा १५  प्रतिशत र ५०० तथा माथिको प्याक याक्टिभेट गर्नेले खरिद मूल्यमा २० प्रतिशत सम्मको क्यासब्याक रिवार्ड पाउनेछन् ।

‘ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कोर भ्यालु अनुरूप यस क्याम्पेन मार्फत हामीले ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराएका छौँ। यो क्याम्पेनले तपाईँको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउने छ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १२ : ४४ बजे

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा

मस्को- अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि