मदनकृष्णपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा « Khabarhub

मदनकृष्णपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय बायोपिक निर्देशनमा केन्द्रित बनेका मिलन चाम्सले हरिवंश आचार्यको पनि बायोपिक बनाउने तयारी गरेको पाइएको छ ।

चाम्सले उक्त बायोपिकका लागि नायक पनि फाइनल गरी सम्झौता गरिसकेका छन् ।

चाम्सका अनुसार नायक अरुण क्षेत्री हरिवंशको बायोपिकको शीर्ष कलाकार हुन् । तर, यो केही समय पश्चात् सुरु हुने प्रोजेक्ट हो ।

अहिले उनी मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनबहादुर’ निर्माणका लागि कलाकार चयनको क्रममा छन् । यही फिल्मका लागि हरिवंशको भूमिकामा नायक अरुण क्षेत्री फाइनल भएका हुन् ।

हरिवंशको बायोपिकमा अरुण नै शीर्ष भूमिकामा लिइने चाम्सले बताए ।

हरिवंशको बायोपिकमा शीर्ष भूमिका रहने सर्तसहित ‘म मदनबहादुर’ आफू अनुबन्ध भएको अरुणले खुलाए ।

निर्देशक मिलनले पनि हरिवंशको बायोपिकका लागि समेत अरुण अनुबन्ध भएको बताए । तर, यो फिल्म बन्न अझै केही समय लाग्ने देखिन्छ । यसको औपचारिक घोषणा पनि भएको छैन ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ५६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६