‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता « Khabarhub

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी हुन थाइल्याण्ड गएका यामाहा नेपालका साझेदार तथा यामाहा टिम पाँचदिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

जुलाई २७ देखि ३१ सम्म आयोजना गरिएको यस कार्यक्रमले पटायादेखि बैंककसम्मको यात्रा र औपचारिक साझेदार सम्मेलनसँगै आपसी सम्बन्ध सुदृढ गर्ने र सफलताको उत्सव मनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्यक्रमको मुख्य आकर्षणका रूपमा दोस्रो दिन यामाहा नेपाल पार्टनर्स मीट एवम् नेटवर्किङ सेसनहरू संचालन गरिएका थिए । त्यसपछि आयोजित ‘गाला डिनर’मा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

यस क्रममा बी एण्ड बी अटो ट्रेडर्स प्रा. लि., विराटचोकले बेस्ट सोसल मिडिया प्रेजेन्स अवार्ड प्राप्त गर्यो भने एमएडब्लू प्रा. लि., नेपालगञ्जले बेस्ट रिटेल फाइनान्स पेनिट्रेसन अवार्ड जित्यो । लुम्बिनी अटो वर्क्स, ग्वार्कोलाई बेस्ट स्पेयर्स अवार्ड प्रदान गरिएको थियो भने राज मोटर्स प्रा. लि., हेटौंडाले बेस्ट सर्भिस अवार्ड हात पारेको थियो । त्यसैगरी भीएडब्लू इन्टरप्राइजेज प्रा. लि., पोखराले हाइएस्ट एएमसी सेल्स अवार्ड प्राप्त गरेको थियो । बेस्ट डिलर विधाअन्तर्गत दिपेश इन्जिनियरिंग अटो पार्ट्स एण्ड सप्लायर्स, मेहेलकुनाले क्याटेगोरी एओ, बी एण्ड बी अटो ट्रेडर्स प्रा. लि., विराटचोकले क्याटेगोरी ए१, राज मोटर्स प्रा. लि., हेटौंडाले क्याटेगोरी ए२ तथा नवीन अटो सेन्टर, नारायणघाटले क्याटेगोरी एएमा उत्कृष्ट डिलरको सम्मान पाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले यामाहाका लागि नेपाल सबैभन्दा महत्वपूर्ण बजार भएको उल्लेख गर्दै नेपालको इलेक्ट्रिफिकेसन तर्फको विशिष्ट यात्राको प्रशंसा समेत गरे । 

उनले थाइल्याण्डजस्ता ठूलो इन्जिन उत्पादन बेस भएका बजारहरूभन्दा फरक रूपमा नेपाल इलेक्ट्रिक भेहिकल को विस्तारका लागि अत्यन्त उपयुक्त बजार रहेको बताए । 

साथै, उनले भारतभन्दा बाहिर पहिलोपटक यामाहा ब्रान्डका ईजीरो सिरिज इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने बजारका रूपमा नेपाललाई छनोट गरिएको जानकारी दिए ।

एमएडब्लू राइड्स प्रा. लि. का अध्यक्ष विष्णु कुमार अग्रवालले वर्षभरि समर्पणका साथ काम गर्ने सम्पूर्ण यामाहा डिलरहरूप्रति आभार व्यक्त गर्दै भने, ‘यस वर्ष यामाहाले तय गरिएका लक्ष्यहरूभन्दा बढी उपलब्धि हासिल गरेकाले त्यसको सफलताको उत्सवका रूपमा यो थाइल्याण्ड भ्रमण आयोजना गरिएको हो।’

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ७ : २४ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई