बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार « Khabarhub

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद शाकिब अल हसनको मगुरास्थित घरमा आक्रमण भएको छ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा शाकिब सहभागी भएको केही घण्टापछि उक्त घटना भएको हो।

स्थानीय समयअनुसार राति करिब ८:४५ देखि ९ बजेको बीचमा भएको आक्रमणकारीले शाकिबको घरमा ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाएका थिए।

मगुरा सदर प्रहरीका अधिकारी मोहम्मद अब्दुल्लाह अल मामुनका अनुसार आक्रमणकारीहरूले घरमा आगो लगाउने प्रयास पनि गरेका थिए। त्यसका लागि उनीहरूले कोल्ड ड्रिंकका बोतलमा पेट्रोल भरेर ल्याएको दाबी गरिएको छ।

घटना हुँदा घर खाली रहेकाले कुनै मानवीय क्षति भएको छैन। शाकिब हाल श्रीलंकामा रहेका छन्। घटनापछि सुरक्षाका लागि घर वरिपरि प्रहरी परिचालन गरिएको छ।

सांसद बनेपछि पनि क्रिकेट खेल्न छाडेनन् शाकिब

शाकिबले सांसद निर्वाचित भएपछि पनि अन्तर्राष्ट्रिय क्रिकेट तथा टी–२० लिग खेल्न छाडेका थिएनन्। सन् २०२४ को अगस्टमा बंगलादेशमा सरकारविरुद्ध आन्दोलन चर्किँदा उनी आलोचनाको केन्द्रमा परेका थिए।

सरकारी सेवामा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनका क्रममा अवामी लिगका सांसद भएकै कारण शाकिब मौन बसेको आरोप उनीमाथि लागेको थियो।

शेख हसिनाको सरकार पतन भएपछि अवामी लिगका नेता तथा सांसदहरूको घरमा देशका विभिन्न स्थानमा आक्रमण भएका थिए।

त्यसबेला पनि मगुरास्थित शाकिबको घर निशानामा परेको थियो। त्यस समयमा पनि उनी घरमा थिएनन्।

शेख हसिनाजस्तै शाकिबविरुद्ध पनि हत्या मुद्दा

सन् २०२४ को अगस्टमा भएको राजनीतिक परिवर्तनपछि शाकिब अल हसन बंगलादेश छाडेर विदेश गएका थिए। उनी पक्राउ परेका छैनन्।

पछि विद्यार्थी आन्दोलनका क्रममा एक व्यक्तिको मृत्यु भएको घटनासँग सम्बन्धित हत्या मुद्दासहित उनीविरुद्ध विभिन्न आपराधिक मुद्दा दर्ता गरिएका थिए। त्यसबेला उनी विदेशमै रहेकाले बंगलादेश प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ७ : ०८ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ