दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न


२१ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । 

दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन । 

यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ । आजसम्म ३४ हजार ९९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । 

देउखुरी उपत्यकाको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ । 

घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा छ हजार ७९५ हेक्टर, दङ्गीशरण गाउँपालिकामा तीन हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा तीन हजार २८० हेक्टर, लमही नगरपालिकामा तीन हजार २५० हेक्टरमा धानखेती गरिन्छ ।

त्यसैगरी, राप्ती गाउँपालिकामा तीन हजार २४५ हेक्टर, राजपुर गाउँपालिकामा तीन हजार १०३ हेक्टर, शान्तिनगर गाउँपालिकामा दुई हजार ७५० हेक्टर, बबई गाउँपालिकामा दुई हजार १५० हेक्टर तथा बङगलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषिप्रसार अधिकृत आशा भण्डारीले बताइन् । 

यहाँका किसानले सावित्री, मनसुली, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगाएतका वर्णशङ्कर जात र कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका बीउ रोपाइँ गरिन्छ ।  

त्यस्तै यहाँको स्थानीय तिल्की र सिम्ठारो धान पनि केही किसानले खेती गरेको पाइन्छ । गत वर्ष दाङमा ३५ हजार तीनसय २८ हेक्टर जमिनमा एक लाख ४४ हजार २६४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ३ : ४५ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले