भिनिसियसले थप गरे सात वर्षको सम्झौता « Khabarhub

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

२०३२ सम्म रियल मड्रिडबाट खेल्ने


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर भिनिसियस जुनियरसँगको सम्झौता सन् २०३२ को जुनसम्मका लागि नवीकरण गरेको छ। यससँगै उहाँको भविष्यलाई लिएर चल्दै आएको लामो समयदेखिको अन्योल र ट्रान्सफर सम्बन्धी अड्कलबाजी अन्त्य भएको छ।

२६ वर्षीय ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडी भिनिसियस पछिल्ला सिजनहरूमा रियलको आक्रमणका मुख्य खम्बा रहँदै आएका छन्। यसअघि उहाँ इङ्ग्लिस च्याम्पियन आर्सनल जान सक्ने भन्दै सञ्चारमाध्यममा चर्चा चलेको थियो। उनको पुरानो सम्झौता सन् २०२७ को जुनसम्म मात्र बाँकी थियो।

“रियल मड्रिड र भिनिसियस जुनियरबिच सम्झौता अवधि थप गर्ने सहमति भएको छ। नयाँ सम्झौताअनुसार उहाँ आगामी ३० जुन २०३२ सम्म क्लबमै रहनेछन्,” रियल मड्रिडले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेको छ, “क्लबको इतिहासकै सबैभन्दा सफल अवधिमध्ये एकमा भिनिसियस एक महत्त्वपूर्ण सदस्य बनेका छन्।”

सन् २०१८ मा ब्राजिलियन क्लब फ्लेमेन्गोबाट मड्रिड आएका भिनिसियसले हालसम्म रियलका लागि १२८ गोल गर्नुका साथै १०० गोलमा पास उपलब्ध गराएका छन्।

ब्राजिलियन टोलीका लागिसमेत भिनिसियसका लागि यो ग्रिष्मकालीन मौसम व्यस्त रह्यो। विश्वकपको अन्तिम १६ मा टोली नर्वेसँग पराजित हुँदै बाहिरिएपछि उहाँ क्लब फर्किएका हुन्। मड्रिडमा रहँदा उनले दुई च्याम्पियन्स लिग र तीन ला लिगा उपाधिसहित थुप्रै महत्त्वपूर्ण ट्रफी जितिसकेका छन्।

उनले अब पहिलो पटक पोर्चुगिज कोच जोसे माउरिन्होको प्रशिक्षणमा खेल्नेछन्। माउरिन्हो गत जुनमा दोस्रो कार्यकालका लागि रियल मड्रिड फर्किएका हुन्। कीर्तिमानी १५ पटकको युरोपेली च्याम्पियन रियलका लागि अघिल्लो सिजन निराशाजनक रहेको थियो। टोली ला लिगामा चिरप्रतिद्वन्द्वी बार्सिलोनाभन्दा पछि पर्दै उपविजेता बनेको थियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएर उपाधिविहीन बनेको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ६ : ३२ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस