सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री « Khabarhub

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको ‘साम्राज्य’मा नायक सौगात मल्लको प्रवेश भएको छ ।

फिल्मको शीर्ष भूमिकाका लागि उनी अनुबन्ध भएको निर्माण पक्षले जनाएको हो ।

निर्देशक चौधरीले भने, ‘हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौँ । उहाँ जस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो ।’

यस फिल्ममा सौगातको भूमिका चुनौतीपूर्ण रहेको उनले खुलाए । भने, ‘सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रालाई चित्रण गर्नेछन् । एउटै चलचित्रमा यति ठूलो उमेरको अन्तर देखाउनु चुनौतीको विषय हो ।’

अन्य कलाकारहरूको छनोट प्रक्रियाबारे जारी रहेको उनले जानकारी दिए । यस फिल्मको सुटिङ भदौ पहिलो साता हुने बताइएको छ ।

यसअघि सौगात र सौरभले फिल्म ‘अगस्त्य‘मा पहिलो सहकार्य गरेका थिए । उक्त फिल्म बक्स अफिसमा सामान्य ठहर भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १२ : ३७ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ