नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत « Khabarhub

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ । 

कृषि विभागको तथ्याङ्क अनुसार आज साउन २२ गतेसम्म देशभर कुल धान रोप्न योग्य क्षेत्रफलको ९५.५ प्रतिशत भू–भागमा रोपाइँ सम्पन्न भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति उत्साहजनक देखिएको छ । गत वर्ष साउन २५ गतेसम्म ९१.३१ प्रतिशत मात्र रोपाइँ भएको थियो । 

यस वर्ष देशभरको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ सकिएको छ ।

विशेषगरी मधेश प्रदेशमा गत वर्षको सोही अवधिमा ६६.५४ प्रतिशत मात्र रोपाइँ भएकोमा यस वर्ष साउन २२ गतेसम्म ९४.६५ प्रतिशत रोपाइँ भइसकेको छ, जसले उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । त्यहाँको १ लाख ४५ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा नै रोपाइँ सकिएको विभागको तथ्यांकमा उल्लेख छ । 

धान रोपाइँको प्रदेशगत अवस्था

बागमती प्रदेश : ९७.८२ प्रतिशत (१ लाख १२ हजार ३३ हेक्टर)
कर्णाली प्रदेश : ९६.८२ प्रतिशत (४१ हजार ९ सय १२ हेक्टर)
गण्डकी प्रदेश : ९५.५७ प्रतिशत (८९ हजार ४ सय ५९ हेक्टर)
लुम्बिनी प्रदेश : ९४.८३ प्रतिशत (२ लाख ८५ हजार ७ सय ८७ हेक्टर)
मधेश प्रदेश : ९४.६५ प्रतिशत (३ लाख ६५ हजार २ सय ९१ हेक्टर)
कोशी प्रदेश : ९३.६९ प्रतिशत (२ लाख ५८ हजार ९ सय ५० हेक्टर)
सुदूरपश्चिम प्रदेश : १०० प्रतिशत (१ लाख ५४ हजार ९ सय ५० हेक्टर)

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ५ : ०८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको