फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ « Khabarhub

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागुऔषध खैरो हेरोइन मुद्दामा १० वर्ष तीन महिना कैद सजाय सुनाइएका भीमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन शाहुलाई शुक्रबार प्रकाउ गरिएको हो ।

जिल्ला अदालत कञ्चनपुरको २०८१ असोज १४ गतेको फैसला अनुसार  कारागार चलान भएका शाहु गत वर्ष जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले उनलाई भीमदत्त नगरपालिका–११ स्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका शाहुलाई कैद सजाय भुक्तानका लागि कारागार कार्यालय कञ्चनपुर पठाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १० : २९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको