रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड « Khabarhub

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको जनाएको छ ।

पालिकाले पूर्वाधार विकाससँगै सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजनाका आधारमा बजेट तर्जुमा तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक, खानेपानी, सरसफाइ तथा अन्य भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिइएको पालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिए ।

स्थानीय सरकारको विकासलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी नागरिकको जीवनस्तर सुधारसँग जोडिएको बताए । ‘हाम्रो लक्ष्य सडक र भवन निर्माणमा मात्र सीमित छैन । स्वस्थ, शिक्षित, आत्मनिर्भर र समृद्ध समाज निर्माणतर्फ केन्द्रित छ,’ उनले भने ।

आधारभूत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, नियमित खोप तथा पोषण एवं स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन भएका छन् । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, गर्भवती तथा सुत्केरीको स्वास्थ्य परीक्षण, बाल स्वास्थ्य परीक्षण तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।

कृषिलाई स्थानीय अर्थतन्त्रको आधार मानेर गाउँपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन, सिँचाइ, कृषि उपकरण, पशुपालन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको छ । किसानको उत्पादन र आम्दानी बढाउने उद्देश्यले प्राविधिक सहयोग तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

युवालाई स्थानीयस्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम, कृषि उद्यम, साना व्यवसाय तथा उद्यमशीलता विकासका कार्यक्रम अघि बढाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीले सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन प्रशासनिक प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगिएको बताए ।

‘स्थानीय सरकारप्रतिको नागरिकको विश्वास सेवा प्रवाहबाट स्थापित हुन्छ । त्यसैले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर नागरिकमैत्री प्रशासन निर्माणमा केन्द्रित भएका छौँ,’ उनले भने ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नियमित अनुगमन तथा सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ ।

उपाध्यक्ष आशा सिंहले महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि परेका समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताइन् । महिला सशक्तीकरण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सीप विकासका कार्यक्रमलाई वडा तहसम्म विस्तार गरिएको उनले जानकारी दिइन् ।

शिक्षातर्फ विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धि, शिक्षकको क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ । त्यसैगरी, खेलकुद, वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनका कार्यक्रमलाई समेत गाउँपालिकाले अघि बढाएको जनाएको छ ।

गाउँपालिकाका अनुसार विकास निर्माणका योजना छनोट गर्दा स्थानीय आवश्यकता र नागरिकको मागलाई आधार बनाउने गरिएको छ । योजना कार्यान्वयनमा जनसहभागिता, नियमित अनुगमन तथा पारदर्शितालाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ४९ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत