इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’ « Khabarhub

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब, डर वा प्रलोभनबाट प्रभावित पार्न नसकिने बताएका छन्।

आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफू पार्टी विधानअनुसार अघि बढ्ने स्पष्ट पारे।

‘मलाई तर्साएर म तर्सिन्न । म दबाएर दबिन्न । फकाएर फकिन्न,’ थापाले भने, ‘मलाई थाहा छ, म विधानमुनि छु। मैले विधान मान्नुपर्छ।’

उनको यो अभिव्यक्ति पार्टीभित्र पन्ध्रौँ महाधिवेशनको तयारी, नेतृत्वको वैधानिकता र सदस्यता विवाद चर्किरहेका बेला आएको हो।

थापाले आफूले पार्टीका पुराना नेताहरूको योगदानको सम्मान गर्ने तर कांग्रेसलाई सबैलाई समेटेर अघि बढाउने बताए। उनले शेरबहादुर देउवासहितका नेताले पार्टीमा महत्वपूर्ण योगदान दिएको भन्दै त्यसको सम्मान गर्ने बताए।

‘हामी कोही पहिलो र दोस्रो दर्जाको छैनौँ,’ उनले भने, ‘हामीले सबैलाई लिएर, समेटेर जानुपर्छ।’

थापाले इतर पक्षमा रहेका नेता मोहन बस्नेतसहितले केही दिनयता दिइरहेको आक्रमक टिप्पणीको जवाफमा यस्तो बोलेका हुन् ।

उनले पन्ध्रौँ महाधिवेशनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए। विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षका नेता तथा कार्यकर्ता महाधिवेशन प्रक्रियामा सहभागी हुने उनको भनाइ थियो।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले सदस्यता विवाद टुंग्याएको उल्लेख गर्दै थापाले अब महाधिवेशनसम्बन्धी जिम्मेवारी पूरा गर्ने क्रममा कुनै तलमाथि नहुने स्पष्ट पारे।

थापाले तल्लो तहमा काम गरेका कार्यकर्ताप्रति आफूलाई भरोसा रहेको बताए। पार्टी नेतृत्वमै बसेका केही व्यक्तिले समेत निर्वाचनमा मत नहालेर अन्तरघात गरेको आरोप लगाउँदै उनले नयाँ पुस्ता र विभिन्न जाति तथा समुदायका नेताहरूलाई समेत पार्टीमा जोड्दै लैजानुपर्ने बताए।

थापाको अभिव्यक्तिले कांग्रेसभित्रको आगामी महाधिवेशनलाई लिएर नेतृत्व र पुरानो संस्थापनबीचको शक्ति संघर्ष थप तीव्र हुने चिन्ता बढेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : १५ बजे

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन