मर्जरमा जाने सहमति गरेका ग्लोबल र जनता बैंकको साधारणसभा आज « Khabarhub

मर्जरमा जाने सहमति गरेका ग्लोबल र जनता बैंकको साधारणसभा आज


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मर्जरमा जाने सहमति गरेका ग्लोबल आइएमई र जनता बैंकको आज साधारणसभा हुँदैछ ।

साधारणसभामा संयुक्त मर्जर समितिले तय गरेको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) को प्रस्ताव पारित गराउने कार्यक्रम छ ।

मर्जर समितिले ग्लोबल आइएमईको एक सय कित्ता बराबर जनताको ८५ कित्ता हुने गरी स्वाप रेसियो निर्धारण गरिसकेका छन् । प्रस्ताव पारित गराउन दुबै बैंकले मंसिर २ गते आज साधारणसभा बोलाएका हुन् ।

ग्लोबल आइएमईले बैंकले १२.७५ प्रतिशत नगद लाभांस र १२.७५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव र जनता बैंकले ६ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गरेर पारित गर्नेछन् ।

जनता र ग्लोबल आइएमई एक आपसमा मर्जर हुने सम्झौतामा हस्ताक्षर भएपछि गत असार २२ गतेदेखि शेयर दाखिला खारेज दर्ता बन्द छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ५२ बजे

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत