मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ « Khabarhub

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा सोमबार खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय टेकबहादुर सिङतानको घरमा छापामारी हतियार बरामद गरेको हो। प्रहरीका अनुसार सिङतानको बालुवा-सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्ट र रातो प्लास्टिकले बेरेर राखिएको अवस्थामा हतियार फेला पारिएको थियो।

बरामद गरिएको हतियारमा लेखिएको एउटा पेस्तोल र सोही हतियारमा लाग्ने एउटा म्यागजिन रहेको छ। घटनामा संलग्न सिङतानलाई नियन्त्रणमा लिई हतियार कसरी र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ९ : २३ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको