बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक « Khabarhub

बक्स अफिसमा ‘गौँथली’को तहल्का, २४ दिनमै २० करोड क्लब नजिक


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले बक्स अफिसमा तहल्का पिटेको छ । सुरुवाती २४ दिनमै ‘गौँथली’ सर्वाधिक व्यापार गर्ने चौथो बनेको छ ।

चलचित्र विकास बोर्डका अनुसार साउन १ देखि २४ गतेसम्म यो फिल्मले १९ करोड ७१ लाख ग्रस कलेक्सन गरेको छ । उक्त ग्रस कलेक्सन लागि सात लाख १५ हजार वटा टिकट खरिद-बिक्री भएको छ ।

सामाजिक कथामा बनेको यो फिल्मले बक्स अफिसमा तहल्का पिटेर ब्ल्कबस्टरको बनेको छ ।

ग्रस कलेक्सनमा यो फिल्म ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारङ्गी’भन्दा पछि छ । ‘१२ गाउँ’लाई यसले केही दिनमै उछिन्ने देखिन्छ ।

अब २२ लाख ग्रस कलेक्सन थपेको अवस्थामा ‘गौँथली’ले ‘१२ गाउँ’लाई उछिन्छ ।

‘कबड्डी ४’को ग्रस कलेक्सन भने २१ करोड छ ।

‘गौँथली’को नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का हुन् । डा. भोला रिजालको कृतिमा आधारित रहेर यो फिल्म बनेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १२ : ४३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र