प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय « Khabarhub

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ संकलनलाई अभियानका रुपमा अघि बढाइने भएको छ।

विक्रम संवत् २०५६ मा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि अत्यावश्यक पुस्तक संकलनबाट सुरु गरिएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै प्राचीन महत्वका धार्मिक पुस्तक संकलन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए।

पुस्तकालयमा हाल करिब २५० को सङ्ख्यामा मात्रै पुस्तक संकलित भएको बताउँदै उनले प्राचीन महत्वका धार्मिक पुस्तक उपलब्ध गराउन सबैमा आग्रह गरिएको बताए। उनका अनुसार पुस्तकालयलाई व्यवस्थित बनाउनका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०८१-०८२ मा दुई लाख उपलब्ध गराएको थियो ।

‘हामी पुस्तकालयलाई प्राचीन धर्मग्रन्थ संकलन गरी अध्ययन अनुसन्धानको केन्द्रका रुपमा विकास गर्न चाहन्छौँ,’ उनले भने, ‘कोही कसैसँग घरमा यसै थन्किएर रहेका प्राचीन महत्वका धर्मग्रन्थ छन् भने पुस्तकालयलाई सहयोगस्वरूप उपलब्ध गराउन अनुरोध छ ।’

पुस्तकालयमा उपलब्ध गराइएका पुस्तक जो कोही विद्यार्थी तथा अनुसन्धाता सबैका लागि उपयोगी हुनाका साथै वर्षौंसम्म सुरक्षित रहने उनले बताए। देशका विभिन्न जिल्लाबाट आएका करिब ५० जना बटुक अध्ययनरत त्यस विद्यालयले ४० जनालाई आवासीय सुविधा उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : २३ बजे

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’

दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका