‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’ « Khabarhub

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका सुरक्षा पन्तमाथि अस्वभाविक र अपात्तिजनक टिप्पणी गरेका कारण विवादमा परेका छन् ।

हमालले ‘अनुहार हेर्दै हाँसो लाग्ने’ भन्ने टिप्पणी गर्दै नायिका सुरक्षाको मजाक उडाए ।

हमाल र सुरक्षा एक हाँस्य रियालिटी कार्यक्रममा जोडिएका छन् । ललितपुरमा आइतबार उक्त कार्यक्रमबारे घोषणा गरिएको थियो । जहाँ यी दुईले मञ्च सेयर गरेका थिए ।

त्यही क्रममा हमालले भने, ‘सुरक्षाजीले अभिनय गरेर हँसाउन नसके पनि उहाँलाई हेर्‍यो भने चाहिँ अलिअली हाँस उठ्छ कि जस्तो लाग्छ मलाई ।’

यति भनेपछि हमालले अस्वभाविक हाँसोको फोहोरा छोड्छन् । सँगै रहेकी सुरक्षा ‘कालो न निलो’ हुन्छिन् ।

यहाँ हमालले सुरक्षाको अभिनय क्षमताबारे मात्रै टिप्पणी गरेको भए सामान्य मान्न सकिन्थ्यो । वा, बहस ‘सुरक्षाको अभिनय क्षतमाबारे टिप्पणी गर्ने स्थान थियो वा थिएन’ भन्नेमा केन्द्रित हुन सक्थ्यो ।

तर, हमालले सुरक्षाको शारीरिक स्वरुपमाथि नै मजाकपूर्ण टिप्पणी गरे । होच्याएर र अमानवीय व्यवहार गर्दा प्रयोग गरिने शब्द ‘अनुहार हेर्दा हाँसो लाग्ने’ भन्दै उनले टिप्पणी गरे ।

हमालको टिप्पणी ‘बडी सेमिङ’ आकर्षित हुने छ । ‘बडी सेमिङ’ सुन्दरताको गलत परिभाषा मात्रै होइन । यो सहानुभूतिहीन र मानसिक दुर्व्यवहार पनि हो । यसलाई व्यक्तिगत अधिकार र सम्मानको हननका रुपमा परिभाषित गरिदै आएको छ ।

होला, हमाललाई सुरक्षाको अनुहार ‘अस्वभाविक र हाँसो लाग्दो’ लाग्न सक्छ । तर, उनलाई यसरी सार्वजनिक स्थानमा टिप्पणी गर्ने अधिकार छैन । गरेको अवस्थामा यो दुर्व्यहार नै हो ।

अहिले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेकाले हमालको आलोचना भइरहेको छ । तथापि, सुरक्षाले यसबारे सार्वजनिक रुपमा केही भनेकी छैनन् । हमाल पनि चुप छन् ।

पढे-लेखेको र सम्मानीत व्यक्तित्वले जुनियर नायिकाप्रति गरेको यो टिप्पणी कुनै हालतमा स्वभाविक होइन ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ०१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह