सनातन हिन्दुराष्ट्र माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’ « Khabarhub

सनातन हिन्दुराष्ट्र माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाललाई सनातन हिन्दुराष्ट्र पुनः स्थापना गर्नुपर्ने माग गर्दै काठमाडौंमा धार्मिक ‘साउन पैदल यात्रा’ आयोजना गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा श्रावणको अन्तिम सोमबार पैदलयात्रा गरिएको हो । मैतिदेवी मन्दिरबाट सुरु भएको यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

पैदलयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको सहभागिता थियो । सहभागीहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसहित विभिन्न नाराहरू लगाएका थिए ।

संगठनले धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, सनातन परम्पराको प्रवर्द्धन र हिन्दुराष्ट्र पुनः स्थापनाको मागलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले ‘साउन पैदल यात्रा’ आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : ३३ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि