रणवीरको ‘बर्फी’ हेरेर भोलाराजलाई ‘चचहुई’ मा लिएका थिए निर्देशकले ? « Khabarhub

रणवीरको ‘बर्फी’ हेरेर भोलाराजलाई ‘चचहुई’ मा लिएका थिए निर्देशकले ?


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता रणवीर कपूरको साथी भएर अभिनय गरिसकेका छन् भोलाराज सापकोटाले । भोलाराजले अभिनय गरेको हिन्दी चलचित्र ‘बर्फी’ ले बलिउडमा मात्र होइन, नेपालमा पनि खुबै चर्चा कमायो ।

यो लभस्टोरी फिल्ममा भोलाराजले रणवीर कपूर उर्फ बर्फीको घनिष्ट साथीको भूमिका निभाएका छन् । यता प्रदर्शनका क्रममा रहेको फिल्म ‘चच हुई’ मा उनी आर्यन सिग्देलको घनिष्ट साथीका रुपमा देखिँदैछन् ।

भोला सुनाउँछन्, ‘यी दुवै फिल्ममा म मिल्ने साथीको भूमिमामा छु, बर्फीमा जस्तै यो फिल्ममा पनि म साथीकै समर्थनमा बोल्छु ।’

फिल्ममा साथीकै रुपमा देखिन लागे पनि भोलाले ‘चच हुई’ को चरित्र ‘बर्फी’ को चरित्रसँग नमिल्ने बताए । उनले यो फिल्मको पृष्ठभूमिले चरित्रलाई फरक बनाइदिएको समेत खुलाए ।

‘दुवै फिल्ममा काम गर्दा मजा आयो, उहाँ (छेउमा बसेका साम्तेन भुटिया) सँग पनि पहिलेदेखि कै चिनजान थियो, उहाँको कामबाट प्रभावित थिएँ, शूटिङका बेला रमाइलो भयो,’ भोलाराजल सम्झे ।

नजिकै बसेका निर्देशक साम्तेन भुटियाले पनि भोलाराजलाई ‘बर्फी’ हेरेदेखि नै उनको अभिनय मन पराएको प्रतिक्रिया दिए । उनले भने, ‘बर्फी हेरेपछि धेरैले भोलाराज दार्जिलिङकै हो भनिरहेका थिए, मैले पूरै दार्जिलिङ खोजेँ तर भेट्याउन सकिनँ ।’

पछि काठमाडौं आएपछि भोलाराजसँग भेट भएको र काम गर्ने अवसर जुरेको उनले सुनाए ।

यो फिल्ममा भोलाराजले आर्यन सिग्देलको साथीको भूमिका निभाएका छन् । कमेडी शैलीको यो फिल्ममा भोलाराज र आर्यनलाई कमेडी शैलीमा देख्न सकिन्छ । फिल्ममा मिरुना मगर, माओत्से गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

‘चच हुई’ निर्देशक साम्तेनका लागि पनि फरक प्रयास हो । किनकि, यो फिल्मलाई साम्तेनले व्यावसायिक रुपमा सफल बनाउने ‘ट्राइ’ गरिरहेका छन् । यसअघि साम्तेनले निर्देशन गरेका ‘अनागत’, ‘तान्द्रो’ लगायतका फिल्म व्यावसायिक रुपमा असफल भए पनि चर्चा पाएका थिए ।

उनको निर्देशनमा बनेको फिल्म ‘सुस्केरा’ पुसमा रिलिज हुँदैछ । फिल्म ‘चच हुई’ भने मंसिर ६ देखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ४७ बजे

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो