सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू) « Khabarhub

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।

करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, हाल कार्यरत पदमै निरन्तर काम गर्न पाउने व्यवस्था र सेवा–सुविधाको सुनिश्चिततालगायतका माग राख्दै कार्यालयमा धर्ना दिएको हो ।

समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दसैँ पेश्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग गरेको छ।

त्यस्तै, मासिक ज्यालादारी कर्मचारीलाई यथावत अवस्थामा काम गर्न दिनुपर्ने, ड्रेसलगायतका सुविधा उपलब्ध गराउनुपर्ने र उनीहरूको अवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुने समितिको माग छ ।

आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्नसमेत समितिले व्यवस्थापनसँग माग गरेको छ ।

श्रमिकहरूले आफ्ना मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना माग गरेका छन् । व्यवस्थापनसँग टकराव नभई संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउँदै समितिले माग पूरा नभएसम्म खबरदारी जारी राख्ने जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ११ : २९ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक