ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति « Khabarhub

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ सर्त अघि सार्दै इरानसँग क्षतिपूर्ति मागेका छन् । इरानले शान्ति सम्झौताका लागि अघि सारेको क्षतिपूर्ति र प्रतिबन्ध फुकुवाको सर्तको जवाफमा ट्रम्पले इरानले नै विगत ५० वर्षमा पुर्‍याएको क्षतिको भुक्तानी गर्नुपर्ने माग गरेका हुन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । ह्वाइट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस क्षेत्रमा मारिएका अमेरिकी सैनिक र सर्वसाधारण प्रदर्शनकारी दुवैको ज्यान गएको विषयमा इरानले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरेका छन् ।

उनले लेबनान, सिरिया, यमन र गाजाका जनताले भोगेको क्षति र ज्यान गुमाउनुपरेको घटनाको जिम्मेवारी पनि इरानले नै लिनुपर्ने बताएका छन् ।

ट्रम्पको यो अभिव्यक्तिसँगै हर्मुज जलयोजक पुनः सुचारु गर्ने र तनाव कम गर्ने प्रयासहरू थप जटिल बनेको विश्लेषण गरिएको छ । इरानले नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा ओमानसँग सहमति नजिक पुगेको जनाएको छ ।

यता अमेरिकाले भने इरानलाई जलमार्गमा कुनै पनि शुल्क उठाउन दिने सम्झौता अस्वीकार गर्दै आएको छ । फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि सुरु भएको युद्धका कारण विश्वको महत्वपूर्ण इन्धन परिवहन मार्ग ठप्प छ । फलस्वरुप अमेरिकासहित विश्वभर इन्धनको भाउ ह्वात्तै बढेको छ ।

आउँदो नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अमेरिकामा युद्ध अन्त्य गर्न र इन्धनको मूल्य घटाउन ट्रम्पमाथि राजनीतिक दबाव बढिरहेको छ ।

अमेरिकी प्रयास र तीव्र आक्रमणका बाबजुद इरानले सो जलमार्गमा आफ्नो पकड कायम राखेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : ५४ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा