तेस्रो बैंकिङ प्रदर्शनी– २०१९ सम्पन्न « Khabarhub

तेस्रो बैंकिङ प्रदर्शनी– २०१९ सम्पन्न


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको ‘बैंकिङ एक्स्पो २०१९’ सम्पन्न भएको छ । वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष राखिएको थियो ।

प्रदर्शनी कक्षमा रहेका परामर्शदाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिएका आयोजक संस्था मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले उद्घाटन गरेको प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स संघ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिएका थिए ।

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारीमा उक्त एक्स्पोको आयोजना गरिएको थियो ।

प्रदर्शनीको सहयोगी पार्टनरमा युवा स्वरोजगार कोष, नेपाल बैंकर्स एसोशियसन, नेपाल शैक्षिक परामर्श संघ, सोसाईटी डेभलपमेन्ट तथा डिजिटल बैंकिङ पार्टनरमा प्रभु पे थिए ।

२ हजार सेवाग्राहीले प्रदर्शनीको अवलोकन गरेका निर्दोषले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : २६ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल